गृहपृष्ठ अबैध रुपमा भारी मात्रामा नेपाल भित्र्यौदै गरेको किराना सामाग्री रुपन्देही प्रहरीको नियन्त्रणमा
अबैध रुपमा भारी मात्रामा नेपाल भित्र्यौदै गरेको किराना सामाग्री रुपन्देही प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आज भारतबाट भन्सार छली गरि अबैध रुपमा नेपाल भित्र्यौदै गरेको चिनी लगायतको किराना सामाग्रीहरु चेकजाचको क्रममा रुपन्देही प्रहरीले फेला परेको छ ।
प्रहरीले फेला परेको सामग्री करिब ११४२४०/- मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त सम्पूर्ण सामग्री सहित आबस्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो ।





