गृहपृष्ठ दू:खद खबर : अर्घाखाँचीको मालारानिमा आगलागी हुँदा २५ लाख बराबरको क्षति
दू:खद खबर : अर्घाखाँचीको मालारानिमा आगलागी हुँदा २५ लाख बराबरको क्षति
कृष्ण परियार,अर्घाखाँची,७ चैत्र ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ५ बागी कर्नमारेमा आगोलागी हुँदा एकघर एकगोठ पशुचौपाय जलेर नष्ट भएका छन् । आगलागिबाट स्थानिय खिम बहादुर चुदालिको एक घर, एक गोठ ३ ओटा भैंसी, ४ ओटा बाख्रा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी सुजन शाहले जानकारी दिए ।

वनबाट सल्केको आगो एक्कासी हावाहुरी लाग्दा आगो घरसम्म पुगेर घरगोठमा क्षति हुन पुगेको प्रहरिले बताएको छ । आगलागिबाट घरमा भएका लत्ताकपडा, जिन्सी लगायतका सामाग्री जलेर नष्ट भएका छन् । आगलागिबाट करिव २५ लाख बराबरको क्षति भएको हुन सक्ने ईलाका प्रहरी कार्यलय खनका प्रहरी हवलदार कमल खनालले जानकारी दिए ।





