२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ मुहार फेर्दै जिल्ला अस्पताल

मुहार फेर्दै जिल्ला अस्पताल

जिल्ला अस्पताल विजुवार प्युठानमा डा। नविन दर्नालले जिम्मेवारी समाले संगै अस्पतालले मुहार फेर्न थालेको छ ।

विगत २ बर्षदेखि निमिक्त प्रमुखको भरमा चल्दै आएको अस्पतालले केहि दिन पहिला मात्र डा। दर्नाललाई सुपरिटेन्टको रुपमा पाएको हो । सामान्य रोगहरुको लागी पनि दाङ, नेपालगञ्ज तथा बुटवल धाउनु पर्ने बाध्यतामा रहेका विरामीहरु अव जिल्लामै उपचार पाउनेमा ढुक्क भएका छन् । अनुभवी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर दर्नाललाई पाएसंगै अस्पतालमा गुणस्तरिय सेवा पाउनेमा विरामीहरु ठुक्क भएका हुन ।

अस्पतालको जिम्मेवारी पाएसंगै अस्पतालको सेवा सुविधा विस्तार तथा गणस्तरीय सेवाको लागी डा दर्नाल खटिएका छन् । अस्पतालमा नया सेवाको विस्तार समेत गर्न थालिएको छ ।

जिल्ला अस्पतालमा प्रोगशालाको सुविधा एक कार्यक्रमका बिच उद्घाटन गरी संचालनमा ल्याईएको छ । प्रयोगशालाको जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्य र प्युठान नगरपालिकाका प्रमुख अर्जुन कक्षपतिले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रयोगशालामा अत्याधुनिक मेशिनले थाइराइड लगायत, भिटामिन तथा क्यान्सर को लागी ट्युमर मार्कर समेत परिक्षण गर्न सकिने छ । यस्तै एक्स रे सेवा,भिडियो एक्स रे सेवा तथा ईसीजी सेवा समेत उपलब्ध हुने छ ।

अस्पतालले अहिले विशेषज्ञ सेवाहरु अन्र्तगत ः फिजिसियन ,प्रशुति तथा स्त्री रोग, सर्जरी,हाड जोर्नी तथा नसा रोग ,मानसिक तथा बालरोग लगायतका सेवाहरु उपलब्ध गराउदै आएको छ । अस्पतालकोे सेवालाई चुस्त दुरुस्त बनाउदै गुणस्तरीय उपचार प्रदान गर्ने सुपरिटेन्ड डा दर्नालले बताए । अहिले अस्पतालको सेवा सुविधा तथा उपचार पद्धतीमा सुधार हुदै आएको स्थानियले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार