२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ ८५ वर्षीय वृद्धले म बाँच्नुपर्ने जीवन बाँचिसकेँ भन्दै अस्पातलको बेड खाली गरिदिएपछि

८५ वर्षीय वृद्धले म बाँच्नुपर्ने जीवन बाँचिसकेँ भन्दै अस्पातलको बेड खाली गरिदिएपछि

भारतको नागपुरका ८५ वर्षीय वृद्धले अर्काका लागि अस्पातलको बेड खाली गरिदिएका छन् ।निरन्तर अक्सिजनको स्तर घटेका कारण अस्पतालमा भर्ना भएका ८५ वर्षीय नारायण दाभाडकरले एक युवकका लागि आफ्नो बेड खाली गरिदिएका हुन् ।

 

दाभाडकर राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक हुन् । केही दिनअघि कोरोनाबाट सङ्क्रमित भएका उनको अवस्था गम्भीर भएपछि उनका छोरी र ज्वाइँले उनलाई इन्दिरा गान्धी अस्पतालमा भर्ना गरेका थिए ।

लामो सङ्घर्षपछि उनका लागि बेड उपलब्ध हुनसकेको थियो । तर, एक महिलाले आफ्नो ४० वर्षीय पतिलाई उपचारका लागि बेड नपाएर रोइरहेको देखेपछि दाभाडकरले आफ्नो स्वेच्छाले बेड खाली गरिदिएका हुन् ।

 

आफू ८५ वर्ष पुगिसकेको र आफूले बाँच्नु पर्ने जीवन बाँचिसकेँको तर, ती महिलाका पतिको मृत्यु भएमा बच्चाहरू अनाथ हुन्छन्, दुईतीन दिनका लागि बेड ओगटेर ती युवकको ज्यान जोखिममा पार्न नसक्ने भन्दै आफ्नो बेड दाभाडकरले छाडिदिए ।

 

ती युवकका लागि स्वेच्छाले बेड खाली गर्न लागेको भन्दै अस्पताल प्रशासनलाई लिखित स्वीकृतिपत्र दिएर घर गएका थिए । उनकी छोरीका अनुसार उनले अन्तिम केही दिन अस्पतालमा भन्दा पनि घरमै बिताउने बताएका थिए । कोरोना सङ्क्रमणसँग जुधिरहेको अवस्थामा अस्पतालमा भइरहेको उपचार छाडेर घर फर्किएका नारायणको तीन दिनमै मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार