२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ कोरोना संक्रमित बिरामीको उपचारलाई प्रभावकारी बनाउन नेपाली काँग्रेसका सभापति देउवाको सरकारसंग आग्रह

कोरोना संक्रमित बिरामीको उपचारलाई प्रभावकारी बनाउन नेपाली काँग्रेसका सभापति देउवाको सरकारसंग आग्रह

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभापति देउवाले कोरोना संक्रमितको उपचारको लागि आईसियु भेन्टिलेटर सहितको वेड प्रयाप्त मात्रामा व्यबस्था गर्न सरकारसंग आग्रह गर्नुभएको हो ।

 

कोरोना संक्रमणको दर बढेपछि सभापति देउवाले पिसिआर परिक्षणको दायरा बढाउन तथा संक्रमितको उपचारलाई व्यस्थित र प्रभावकारी बनाउनकोका लागि अस्पतालमा बेड बढाउन आग्रह गर्नुभएको हो ।

 

सभापति देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेर कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरेको समेत आरोप लगाउनु भयो ।

 

सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताउँदै सभापति देउवाले सरकारले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरुले दिएको सुझावलाई समेत आत्मसात नगरेको उमेत आरोप लगाउनु भयो ।

@सबलपोस्ट डट कम

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार