२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने व्यक्तिलाई प्रहरीले धमाधम नियन्त्रणमा लिई कारबाही गर्दै

रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्ने व्यक्तिलाई प्रहरीले धमाधम नियन्त्रणमा लिई कारबाही गर्दै

बैशाख १६ गते देखी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको  आज अवज्ञा गर्ने  चितवन राप्ती नगरपालिका वडा नं. ४ घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३४ को मोहन श्याम वलीलाई निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध पुर्‍याएको हुँदा उनलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पठाएको थियो ।

उनलाई  एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप रु.९,१००।–  नौ हजार एक सय जरिवाना गरी छाडेको सम्झाई बुझाई गरि छाडिएको  रुपन्देही प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक (डीएसपी ) सत्यनारायण थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार