गृहपृष्ठ त्रिवेणीमा एक बालिकालाई पेट्रोल छर्केर आगो लगाईयो
त्रिवेणीमा एक बालिकालाई पेट्रोल छर्केर आगो लगाईयो
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला त्रिवेणी नगरपालिका वडा नम्वर ८ पन्ताली बस्ने १४ बर्षिया सव्भ्यता बुढाको शरिरमा सोमवार राति पेट्रोल छर्केर अगो लगाएको स्थानिय संजय बुढाले बताए । आगो लागेको केहि समयपछि स्थानिय द्धारा नियन्त्रणमा लिइको जनाएको छ ।
आगोले शरिरमा रहेका सम्पुण कपडा जलेको र उनको अवस्था सामान्य रहेको बताएको छ । आगो लगाउनेमा त्रिवेणी नगरपालिका वडा नम्वर ८ का सुमन गिरी लगाएत चार जनाको समुह रहेको स्थानियले बताएका छन । सो समुह फरार रहेको बताएको छ । परार रहेका व्यक्तिहरुको खोजीकार्य भईरहेको बडिमालिका प्रहरी चौकि पैमाले जानकारी दिएको छ । घाइते बालिकालाइ सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अबस्था सामान्य रहको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन ।
@बडिमालिका खबर





