२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ हेर्नुहोस आज शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए ?

हेर्नुहोस आज शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । गत २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरीमा ९८ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा १०६, पर्सा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सिन्धुपाल्चोकमा २३ र सिन्धुलीमा २१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३९३, गोरखामा ८३, तनहुँमा ४७, नवलपरासी पूर्वमा १००, पर्वतमा ६१, मुस्ताङमा १, म्याग्दीमा ४४, लमजुङमा २२, बागलुङमा ७ र स्याङजामा ४१ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४२, कपिलवस्तुमा २७, गुल्मीमा ३०, दाङमा ३६६, नवलपरासीमा ८७, पाल्पामा ८०, प्युठानमा ७, बर्दियामा २४, बाँकेमा २२२, रुकुम पूर्वमा २, रुपन्देहीमा ७३० र रोल्पामा ५ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ३, दैलेखमा २८, सल्यानमा १०, सुर्खेतमा ५ र हुम्लामा ३ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६२, कञ्चनपुरमा ४५, कैलालीमा १२५, डडेल्धुरामा ३०, डोटीमा ३०, दार्चुलामा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा ११४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार