२०८३ साउन १३ गते बुधवार | July 29, 2026

गृहपृष्ठ प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, गम्भिर निर्णय गर्ने तयारी

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, गम्भिर निर्णय गर्ने तयारी

सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने भएको छ। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको बताइएको छ। लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन्।

संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन्। उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।

अहिले फेरि सरकारले अध्यादेशमार्फत नियुक्ति गर्न लागेको हो। नयाँ अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ। केही दिनअघि मात्रै राष्ट्रपतिले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

यस पटक पनि दलहरुबीच कलह जारी रहेकै वेलामा बोलाएको परिषद बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता सहभागी हुने सम्भावना कम रहेको स्रोतको दावी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार