गृहपृष्ठ यस्तो सहमति गर्दै सकियाे माधव र ओली समुहका नेताबिच छलफल
यस्तो सहमति गर्दै सकियाे माधव र ओली समुहका नेताबिच छलफल
नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।
सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।
नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने रु केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए ।
उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।





