२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आज नेपालमा कुन उमेरका कति संक्रमित हेर्नुहोस पुरा विवरण

आज नेपालमा कुन उमेरका कति संक्रमित हेर्नुहोस पुरा विवरण

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ९ हजार ४८३ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २४६ जना र १० देखि १९ वर्षका ६८६ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका २ हजार १० जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार ११४ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ७०५, ५० देखि ५९ वर्षका १ हजार ३०३ जना, ६० देखि ६९ का ७४५ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३३२ जना, ८० देखि ८९ का ११२ जना, ९० देखि १०० वर्ष उमेरका १६ जना र उमेर नखुलेका ४८ जना छन् । अहिले देशभर १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार