गृहपृष्ठ नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ९ हजार ३०५ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका २३२ जना र १० देखि १९ वर्षका ५५६ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ९९२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार २०६ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ७३२, ५० देखि ५९ वर्षका १ हजार ३१६ जना, ६० देखि ६९ का ७१३ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का ३१० जना, ८० देखि ८९ का १२३ जना, ९० देखि १०० वर्ष उमेरका २० जना र उमेर नखुलेका ३८ जना छन् । अहिले देशभर १ हजार २४१ जना आईसीयूमा र २८५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





