२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नवगठित क्यान महासंघका ४ जिल्ला शाखाको अभिमुखिकरण कार्यक्रम सम्पन्न

नवगठित क्यान महासंघका ४ जिल्ला शाखाको अभिमुखिकरण कार्यक्रम सम्पन्न

२९,बैशाख,बुटवल ।

हालै नवगठित क्यान महासङका ४ वटा तेह्रथुम ,मनाग,सोलुखुम्बु ,ओखलढुंगा जिल्ला प्रबन्ध समितिका पधाधिकारी एबम् सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।।उक्त कार्यक्रम मा स्रोत ब्यक्तिको रुपमा महासचिव नारायण थापा , डेपुटी म्यानेजर उदिप बराल रहनुभएको थियो । संगठनात्मक स्वरुप,संरचना,विधि, अनुशासन र ईतिहास बारे बृहद जानकारी महासचिव नारायण थापा र सदस्यता पोर्टल बारे उदिप बरालले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष नवराज कुवरले नबगठित जिल्लाहरुले गर्नुपर्ने जिम्मेवारीबारे बोल्नुभएको थियो । कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य भानु शर्माले अनुभव सम्प्रेषण गर्नुभएको थियो । अन्त्यमा क्यान महासंघ का केन्द्रीय सदस्य एबम् प्रदेश तथा जिल्ला गतिविधि समिति (PDAC) का कोअर्डिनेटर भानु शर्माले उपस्थित सम्बन्धित सबै साथीहरुलाई विशेष धन्यवाद दिनुभएको थियो । उपस्थित साथीहरु बिच परिचय कार्यक्रम सहित केन्द्रिय अध्यक्ष ज्युबाट कार्यक्रम समापन गर्नुभएको थियो । zoom online बाट सप्पन्न उक्त कार्यक्रममा सबै जिल्लाका ३० जनाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार