गृहपृष्ठ आज नेपालमा थप ८,५२० जनामा कोरोना पुष्टि, यति धेरै जनाले गुमाए ज्यान
आज नेपालमा थप ८,५२० जनामा कोरोना पुष्टि, यति धेरै जनाले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ४ लाख ३९ हजार ६ सय ५८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ९४८ जनाको पिसिआर ५३० जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ६ हजार १ सय ३५ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ३ लाख २७ हजार ६५३ संक्रमित निको भइसकेका छन् । देशभर ५१६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४ हजार ६६९ पुगेको छ ।





