२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ केपी ओली पुनः प्रधानमन्त्री भएपछि के भन्छन भीम रावल

केपी ओली पुनः प्रधानमन्त्री भएपछि के भन्छन भीम रावल

नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिवर्तन गरिनसकेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड(१९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भए पनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मिहिनेत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् ।

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमालेभित्रको संकट निवारण भएको हो रु भन्ने संचारकर्मीको प्रश्नमा उनले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए ।

बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार लिइनसकेको प्रतिक्रिया उनले दिए । उनले भने, ‘हामी अहिले पनि नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वाभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा कायमै छौँ ।‘

यो पनि

आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ५२० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९२ जना र १० देखि १९ वर्षका ५१० जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ८७५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार ६ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५१६, ५० देखि ५९ वर्षका १ हजार २२९ जना, ६० देखि ६९ का ६७० जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३०९ जना, ८० देखि ८९ का ११७ जना, ९० देखि १०० वर्ष उमेरका १९ जना र उमेर नखुलेका २४ जना छन् । अहिले देशभर १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार