गृहपृष्ठ निषेधाज्ञाको अटेरी बढेपछि सीडीओ र एसपी एकैचोटि उत्रिए सडकमा
निषेधाज्ञाको अटेरी बढेपछि सीडीओ र एसपी एकैचोटि उत्रिए सडकमा
जेष्ठ, १, पश्चिम नवलपरासी, ।
निषेधाज्ञाको अटेरी बढेपछि सीडीओ र एसपी एकै चोटि उत्रिए सडकमा निषेधाज्ञामा हिडेको एक सवारी साधनलाई सोधपुछ गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजय केसी स्थानीयहरुले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक आफैं सडकमा निस्केर कडाई गर्न थालेका छन् । जिल्ला प्रशासनले आजदेखि लागु हुने गरी निषेधाज्ञामा कडाई गरेको छ ।
निषेधाज्ञालाई पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर पनि स्थानीयहरुले विभिन्न बहाना बनाउँदै अटेरी गरेर हिड्न थालेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजयलागयतको सुरक्षा टोली सडकमा निस्केर निगरानी बढाएको हो । जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको टोलीले विभिन्न ठाउँमा बसेर अटेरी गर्ने स्थानीयलाई फर्काएका छन् । प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी प्रमुख एसपी अजय केसि लगायत सयुक्त रुपमा गस्ती गर्ने क्रममा बेलाटारी इ.प्र.का द्धारा प्रतापपुर पुलमा विभिन्न बहाना गरि र निषेधाज्ञा उलंघन गरेका करिब ६० वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

सोहि क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपी बेलाटारी पुलमा पुगे पछी नियन्त्रणमा लिएका मोटरसाइकल यात्रीहरु लाई एक लाइनमा उभाएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपी अजय केसि सम्झाइ बुझाइ क्रममा एसपी केसिले भन्नू भयो कि प्रहरी अरोरात्र आफनो जानको बाजि लगाएर तपाईंकोको सुरक्षाको लागि खटिएको छ, के हाम्रो परिवार छैन र जिल्लामा हाम्रै प्रहरी कोभिड-१९ बाट संक्रमण भएर पनि २४ घन्टा डिउटी खटी ह्जुरहरुको सुरक्षा खटिएका छ्न ।
आज बिश्व नै कोभिड-१९ बाट संक्रमण भैइ भयावह अवस्था पुगिसकेको छ, यस्को विरुद्धमा प्रहरी र प्रशासनले मात्र चाहेर नियन्त्रण लिन सकिदैन त्यसको लागि तपाईंहरु सबै मिलेर एक साथ कोभिड-१९ विरुद्ध उभिनु पर्छ त्यसकारण तपाईंहरु यस महामारी विरुद्ध तपाईं हामी सबै मिलेर कोभिड-१९ विरुद्ध लागौ र कोभिड-१९ नियन्त्रण गर्नमा अहम भुमिका खेलौ देशलाई स्वस्थ्य पारौ भन्दै एसपी केसि सम्झाई बुझाइ गरि अब अटेरी गरे निषेधाज्ञा उलंघन गरेको पाइए ठाउको ठाउँ कार्वाही गरिने समेत बताउनुभएको हो।

जिल्लामा संक्रमणको अवस्था भयावह बन्दै गएपछि यसअघि लगाईको निषेधाज्ञामा कडाई गरिएको हो । यसअघि बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाहरुलाई दिन मिलाएर खुला गर्न दिइएको थियो । संक्रमणको दोस्रो लहर सुरु भएको बैशाख महिनामा मात्रै ५६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।





