२०८३ मंसिर ५ गते शुक्रवार | November 20, 2026

गृहपृष्ठ ‘परीक्षण अझ सहज बनाऔं, घरभित्र पनि मास्क लगाऔं’

‘परीक्षण अझ सहज बनाऔं, घरभित्र पनि मास्क लगाऔं’

पछिल्लो पाँच दिनसम्म घटेको कोरोना भाइरसको नयाँ संक्रमित संख्या सोमबार फेरि बढ्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २२ हजार ८७ नमुना परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भयो ।

यसअघि २८ वैशाखमा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता दैनिक नयाँ संक्रमितको संख्या क्रमशः घटेर २ जेठमा ७ हजार ३६८ मा आइपुगेको थियो । यससँगै संक्रमण उत्कर्षमा पुगेर घट्न थालेको त होइन भन्ने चासो थियो । तर जनस्वास्थ्य विज्ञहरुले एक साताको तथ्यांक हेरेर महामारीको भविष्यवाणी गर्न नहुने सुझाएका छन् ।
सोमबारको तथ्यांकले यही भन्छ । परीक्षण बढेसँगै संक्रमितको संख्या पनि बढेको छ ।

अझै पनि खोकी, ज्वरोजस्ता लक्षण देखिएर पनि परीक्षण नगराउनेको संख्या धेरै रहेको अनुमान छ ।

सामान्य रुघाखोकी हो भनेर बस्ने वा परिवारका सबै सदस्यलाई लक्षण देखिँदा पनि किन परीक्षण गराउने रु भन्ने भावना पाइन्छ । परिवारका सबै सदस्यको पीसीआर टेष्ट गर्न ठूलै रकम खर्च हुने भएकाले पनि परीक्षण नगराउनेहरु छन् ।

संक्रामक रोग विशेषज्ञ डा। किरण पाण्डेका अनुसार संक्रमणको चेन ब्रेक गर्ने प्रभावकारी उपाय भनेको समुदायमा भएका संक्रमितहरुको पहिचान, आइसोलेट र कन्ट्याक्ट ट्रेसिङ नै हो । तर कन्ट्याक्ट ट्रेसिङ हुन छाडेको छ भन्दा फरक पर्दैन ।

सक्रिय संक्रमितको पहिचानका लागि पनि सरकारी संयन्त्रले अग्रसरता देखाएको छैन । अहिले पहिचान भएका बहुसंख्यक संक्रमित लक्षण देखिएर आफैं परीक्षण गराउनेहरु छन् ।

‘राज्य आफैं रोगी खोज्दै गयो भने आउट ब्रेक हुन नपाउँदै संक्रमण पत्ता लाग्छ । सम्भावित क्षतिलाई रोक्न सकिन्छ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनी भन्छन्, ‘संक्रमण फैलिसकेपछि मानवीय र अरु क्षति धेरै हुन्छ ।’

अहिले धेरै ठाउँमा संक्रमण फैलिसकेपछि मात्र थाहा भएकाले क्षति बढेको उनको विश्लेषण छ । अस्पतालमा गम्भीर विरामी आउन थालेपछि मात्र संक्रमण फैलिएको थाहा हुने भएकाले महामारी नियन्त्रण गर्न कठिन भएको उनले सुनाए ।

अझै पनि मासबेस टेष्ट गरेर समुदायमा भएको संक्रमित पहिचान गर्न सकिने विज्ञहरुको सुझाव छ । ‘काठमाडौं उपत्यका र ठूला वस्ती भएका क्षेत्रहरुमा सजिलोसँग नमुना संकलन गर्न सकिने र निःशुल्क परीक्षण हुने व्यवस्था मिलाउन उपयुक्त हुन्छ’ डा। पाण्डे भन्छन्, ‘यसमा स्थानीय सरकारहरुले पनि काम गर्न सक्छन् ।’

त्यसमा डा। मरासिनी थप्छन्, ‘निःशल्क गर्न नसके सरकारी ल्याबमा शुल्क त घटाउन सकिन्छ नि । जनताले तिरेको करबाट बनेको भवन हो, जनताले करबाटै किनेको उपकरण हो । ५०० रुपैयाँमा पीसीआर टेष्ट गर्न सकिन्न र रु’

यसो गर्दा समुदायमा भएका सक्रिय संक्रमितको पहिचान गर्न सहज मात्र हुने छैन, संक्रमणको फैलावट पनि रोक्न सकिने जनस्वास्थ्यविदहरु बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार देशभर ५१ सरकारी र ३१ निजी गरी ८१ वटा ल्याब छन् । सबै ल्याबलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा एकैदिनमा ७०÷८० हजार नमुना परीक्षण गर्न सम्भव देखिन्छ । तर संक्रमण दर झण्डै ५० प्रतिशत पुग्दा पनि दैनिक २०र२२ हजार मात्र नमुना परीक्षण भइरहेको छ ।

घरभित्र पनि मास्क लगाउने कि ?

चिकित्सकहरुका अनुसार पछिल्लो समय एउटै परिवारका धेरै सदस्यलाई संक्रमण भएको पाइएको छ । युके र भारतीय भेरियन्ट तीव्र गतिमा फैलिने भएकाले परिवारको एक सदस्यलाई संक्रमण भएपछि अरुलाई पनि सर्ने गरेको पाइएको छ ।

झन् अहिले लकडाउन भएका कारण अधिकांश मानिस घरमै छन् । परिवारको कुनै एउटा सदस्यलाई संक्रमण भयो भने अरुलाई पनि सर्न सम्भावना हुन्छ ।

टेकुस्थित शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुन घरभित्र बस्दा पनि मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनका अनुसार कोठाहरुमा झ्याल÷भेन्टिलेटर खुला राख्नुपर्छ । खाना वा खाजा खाँदा अलग अलग बस्ने, परिवारकै सदस्यहरुबीच पनि दुरी कायम गर्ने प्रयास गर्नुपर्छ ।

एकभन्दा बढी व्यक्ति एउटै कोठामा बस्दा मास्क लगाउनु उपयुक्त हुने डा। पुनको सुझाव छ । ‘झट्ट सुन्दा अनौठो लाग्नसक्छ, तर पछिल्लो समय परिवारमा धेरै सदस्य संक्रमित भइरहेका छन् । त्यसैले घरमा पनि मास्क लगाउनु उपयुक्त हुन्छ’ उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार