२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ८ हजार २०३ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १७१ जना र १० देखि १९ वर्षका ५१० जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ८३७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९९० जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४३८, ५० देखि ५९ वर्षका १ हजार ४२ जना, ६० देखि ६९ का ६२२ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का २६१ जना, ८० देखि ८९ का १११ जना, ९० देखि १०० वर्ष उमेरका २० जना र उमेर नखुलेका १३४ जना छन् । अहिले देशभर १ हजार ५९० जना आईसीयूमा र ३९० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले एवी डिभिलियर्सले सन्यास फिर्ता नलिने पक्का भएको बताएका छन । सन् २०१८ मा अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका डिभिलियर्सले टी २० विश्वकपका लागि सन्यास फिर्तालिन सक्ने संभावना रहेको चर्चा चलेको थियो ।

उनले एकपछि अर्को सिरिजमा ब्यस्त भएको र परिवारलाई समय नमिलेको भन्दै सन्यास लिएका थिए । तर सन् २०२१ को इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकी क्रिकेट टिमका प्रशिक्षक मार्क बाउचरले डिभिलियर्सलाई टिममा बोलाउनका लागि भरपुर प्रयास गर्ने बताएका थिए ।

त्यसपछि डिभिलियर्सले सन्यास फिर्ता लिने चर्चा चलेको थियो । यस्तैमा आइपीएलका बेला नै डिभिलियर्सले फेरी दक्षिण अफ्रिकाबाट खेल्ने चाहना रहेको बताएका थिए ।

डिभिलियर्सले खेलाडी हुँदा नै विभिन्न ब्यापारमा हात हालेका थिए । जसका कारण उनले समय ब्यवस्थापन गर्न कठिन रहेको बताउँदै आएका थिए । अहिलेपनि उनले ब्यापारमा नै ध्यान दिने बताएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार