गृहपृष्ठ नेपालमा कोरोनाका तीन ‘भेरियन्ट’ फेला भन्दै स्वास्थ्य मन्त्रालयको यस्तो सन्देश
नेपालमा कोरोनाका तीन ‘भेरियन्ट’ फेला भन्दै स्वास्थ्य मन्त्रालयको यस्तो सन्देश
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको जनाएको छ । मन्त्रालयले मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो ।
देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी।१।६१७।२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी।१६१७।१ पुष्टि भएको हो ।
यससँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो ।
हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ ।

यो पनि
न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि इंग्ल्याण्डले टिमको घोषणा
न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि इंग्ल्याण्डले आफ्नो टिमको घोषणा गरेको छ । १५ खेलाडीको टिममा दुई खेलाडी पहिलो पटक परेका छन । यस्तै क्रेइग ओभेरटोन करिव डेढ बर्षपछि कमब्याक गर्देछन ।
इंग्ल्याण्ड टिममा ओली रोबिनसोन र जेम्स बार्के पहिलो पटक परेका हुन । उनीहरुले न्यूजिल्याण्डविरुद्धको सिरिजमा टेष्टमा डेब्यु गर्ने भएका छन । जुन दुई तारिखबाट सुरु हुने टेष्ट सिरिजमा उनीहरुलाई काउन्टीमा गरेको प्रदर्शनका आधारमा राखेको बताइएको छ ।
रोबिनसोनले सुसेक्सका तर्फबाट २९ विकेट लिएका थिए । जसमा उनले ग्लामोर्गनसँग करियरकै उत्कृष्ट ७८ रन खर्चिएर नौ विकेट लिएका थिए ।
यस्तै सन् २०१९ को सेप्टेम्बरपछि ओभरटोनलाई पहिलो पटक टिममा राखिएको छ । सन् २०१९ मा भएको एसेस टेष्ट सिरिज खेलेपछि टिममा नपरेका उनी यो सिजनमा राम्रो गर्न सफल भएका थिए । जसमा उनले ३२ विकेट लिएका थिए ।
इंग्ल्याण्ड टिमः जोय रुट (कप्तान), रोरे बुर्नस, डोम सिब्ले, ज्याक क्राउली, जेम्स बार्के, डान लरेन्स, ओली पोप, बेन फोक्स, ज्याक लिच, ओली रोबिन्सन, क्रेग ओभरटोन, स्टुवार्ट ब्रोड, जेम्स एन्डरसन, ओली स्टोन, मार्क उड





