२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ ‘सरकार चलाउँन म दिक्क भएँ, अर्को सरकार बनाऔं’

‘सरकार चलाउँन म दिक्क भएँ, अर्को सरकार बनाऔं’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भएको बताएका छन् । उनले आफूले नेतृत्वको गरेको सरकारलाई समर्थन पनि नगर्ने र काम पनि गर्न नदिने परिपार्टीबाट दिक्क भएको बताए । उनले अविश्वासको प्रस्ताव राख्नुहोस् भन्दा पनि कसैले नगरेको उनको भनाइ छ । उनले राजनीतिको यो पारले आफू दिक्क भइसकेँको बताउँदै उनले अर्को सरकार बनाउँन आग्रह गरेका हुन् । त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रकै विरोध भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको सम्मानित संस्थाको विरोध गर्नु गणतन्त्र कै विरोध भएको बताए ।

 

संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा राष्ट्रपतिमाथि किन विरोध भइरहेको छ भनेर प्रश्न गरेका छन् । राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौति दिए । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए ।

 

ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् । ओलीले यसका लागि आफूले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको बताए । उनले सहमतिको सरकार बनाएर कोभिड–१९ को महामारी विरुद्ध लड्नका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । उनले लोकतन्त्रलाई स्वस्थ बनाएर जानुपर्ने पनि बताए । नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको हित विपरीत काम गर्ने माधव नेपाल समूहलाई कारबाही गर्ने पनि संकेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार