२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा आज मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

नेपालमा आज मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । त्यस्तै थप १६९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा ३५, ओखलढुंगामा २४, खोटाङमा ३, झापामा १८०, ताप्लेजुङमा ६, तेह्रथुम १, धनकुटामा ११५, पाँचथर ४, भोजपुरमा ३, मोरङमा ४१७, संखुवासभामा ११, सोलुखुम्बु २ र सुनसरी २६७ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ११७, पर्सामा ३१, बारामा ५८, महोत्तरीमा ३०, रौतहटमा १४, सप्तरीमा ८१, सर्लाहीमा १७३ र सिरहामा ६ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८६३ जनामा कोरोना भेटिएको छ ।

त्यस्तै काभ्रेमा ३२८, चितवनमा ११९, दोलखामा ४९, धादिङमा २०१, नुवाकोटमा ६९, भक्तपुरमा ३२३, मकवानपुरमा १०३, रसुवा ५९, रामेछापमा १४३, ललितपुरमा ४२७, सिन्धुपाल्चोकमा २७१ र सिन्धुली ७५ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५७८, गोरखामा १२१, तनहुँमा ६८, नवलपरासी पूर्वमा ६५, पर्वत ११२, म्याग्दी १९, लमजुङमा १४४, बागलुङमा ७ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ८, गुल्मीमा ७, दाङमा १५९५, नवलपरासीमा २४, पाल्पामा ७७, प्यूठानमा ९, बर्दियाका ६५, बाँकेमा ९५, रुकुम पूर्व १, रुपन्देहीमा २२४ र रोल्पामा ८ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा २, जुम्ला ९, दैलेखमा ३९, रुकुम पश्चिममा ४, सल्यानमा २६, सुर्खेतमा १४४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ९२, कञ्चनपुरमा १३०, कैलालीमा ३७५, डडेल्धुरामा ३३, डोटी ५, दार्चुला २३, बझाङ १ र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार