गृहपृष्ठ महिनावारी र मेरो अनुभव
महिनावारी र मेरो अनुभव
२०६४ , असार
पहिलो पटक मैले महिनावारीको बारेमा कक्षा आठ पढ्दा थाहा पाए । मेरो बुवा आमा आफन्तको बिबाहमा जानू भएको थियो । हामी दाजुबहिनी मात्रै भयौ घरमा, त्यसैले मेरो घरमा हामीलाई राति डर नहोस भनेर छिमेकीलाई सुतिदिन भन्नू भएकोथिययो । पहिलो रात छिमेकी दिदी आउनु भयो तर अर्को दिन उहाको ममि आउनुभयो ।
आज दिदी आउनु हुन्न भनेर मेरो बहिनिले प्रश्न गर्दा ती छिमेकी काकीले उनी मिन्स भएकि छिन त्यहि भएर आउन हुन्न भन्नू भयो । मैले बिरामी भई होला सोचे । भोली पल्ट स्कुल पुग्दा , उहाको साथी आएर मलाई दिदी किन नआको भनेर सोध्नु भयो । मलाई के थाहा भने । उहाले अस्ति तिम्रोमा सुत्नुपर्छ भनेकी थिइन त्यसैले तिमी लाई सोधेको भन्नू भयो । अनि मैले खै हिजो त आन्टी आउनु भयो , दिदीलाइ सञ्चो छैन भने । आन्टीले खै के मिन्स भन्ने भको छ रे भन्नुभयो हिजो । यति भन्दा उहाँ हास्दै अनि आश्चर्यबोध सहित , तिमी लाई भन्नुभयो र रु भनेर प्रश्न गरिन । म छक्क परे ठुलै राज थाहा पाए जसरी हेर्नु भयो ।
यो कुरा कसैलाई नभन भन्नू भयो । मैले हवस भने तर मनमा खुलदुली जागि रह्यो । मैलै टिफिन समयमा मिसलाइ सोधे पछि उहाँले सहजै बताउनु भयो । र यसको विषयमा कितावमा छ तर मंसिर तिर मात्रै पढाइ हुन्छ भन्नू भयो । त्यति बेला मैले थाहा पाए कि महिनावारी किशोरावस्था बाट मासिक रुपमा रक्तश्राव हुने सुरु भएर ३५ वर्षको उमेर सम्मको महिलालाई हुनेगर्दछ । यसलाई सहजरुपमा भन्नलाइ नछुने , मिन्स भनिन्छ भन्ने थाहा पाए ।
२०६६, मंसिर
कक्षा ११ मा अध्यनन गरेको वर्ष , परिक्षा चलिरहेको थियो । एक जना साथी परिक्षा समयको विचमा नै छोडेर निस्केको देखे । म केही नआएर चाडै निस्केको थिए । अनि मैले गेटमा उसको बाबालाइ देखे , सकिनसकी बाईकमा बसेर गई , अचम्म त्यति बेला लाग्यो जब उनी एक तर्फ फर्केर बसिन । मैले पहिलो पटक उनलाइ त्यसरी बसेको देखे ।
कुरा गर्दै जादा , साथीहरूले उनलाइ पिरियड भएर बिचमै परिक्षा छोडेर गइन भने । मैले पिरियड भनेको के हो भनेर सोध्दा सबैले हासेर उडाए । अनि एउटाले स्कुलमा पढिनस भनेर हप्काए । खै थाहा छैन , बुझाएपछि बुझ्छुहोला नि भनेर भने । त्यसपछि एक जानले बताए पछि थाहा भयो । सरकारी स्कुलमा नेपाली भाषामा बढी परिभाषित गर्नाले यो शब्दको यश अर्थ बाट अनविज्ञ रहेछु ।
२०६९, जेठ
म धरानको उप्का नेपाल नामक संस्थामा काम गर्थे । मेरो संस्थाको कार्यक्रमका लागि एक जना महिला सहजकर्ताको रुपमा आउनुभएको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न भए पछि खाजा खाने बेला भएको थियो । त्यही बेला उहाले मलाई प्याड किनेर ल्याउन भन्नू भयो । म नजिकैको चोक पुगे र एउटा कसमेटिक पसलमा प्याड मागे ।
पसले दिदीले कसलाई चाहिएको , कुन साईजको भनेर जिस्काउदै साधेर हैरान गर्नु भयो । किनेर निस्कदै गर्दा आजकाल केटाहरु यस्तो चिज पनि किन्न थालेछन भनेर पसलमै भएको अरु महिला ग्राहकको बोलेको सुने तर नसुने झै गरेर निस्किए ।मैले पहिलो प्याड किनेको थिए । त्यसपछि हरेक कार्यक्रममा आवश्यक सामग्रीमा सेनेटरी प्याड अनिवार्य खरिद गरेर समावेश गर्ने गरेको छु ।
२०७३ , असोज
प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि १ हप्ते प्रशिक्षक प्रशिक्षण तालिम लिने अवसर प्राप्त गरे । एचआईभीएड्स रोकथाम परियोजना अन्तरगत सार्कको सहकार्यमा भारतको संस्थाले आयोजना गरेको तालिममा सहभागी भए पश्चात् सुनसरी र मोरंगमा धेरै स्थानमा तालिमहरु सञ्चालन गर्ने अवसर प्राप्त गरे । महिनावारी विषक केन्द्रीत तालिममा सिकेको कुरालाई सहजरूपमा बताउन सक्षम भएको थिए ।
२०७५, माघ
महिनावारीको बारेमा भएको भ्रम , बालिकाहरुलाइ समयमा जानकारी नदिनाले भएको समस्याहरु देखे पछि मैले ९(१३ वर्ष उमेर समुहका बालिकालाई लक्ष्यित गरेर लालपरी अभियान सुरु गरे । हरेक बालिकालाइ उसले अनुभव गर्ने पहिलो महिनावारी पूर्व नै महिनावारी र पहिलो पटक महिनावारी भएको अवस्थामा के कस्तो कुरामा ध्यान दिने , कसरी आफुलाइ आत्मबल दिने , व्यक्तिगत सरसफाइमा र अरुलाइ पहिलोपटक महिनावारी हुदा आफुले के के गर्नुपर्ने आदी विषय समेटेर लालपरी अभियानका अन्तरक्रिया सञ्चालन गर्न सुरु गर्यौ ।
न्युनतम कक्षा १२ उतिर्ण महिला युवाहरुलाई तालिम दिएर मात्रै सहजकर्ताको रुपमा अभियानमा जोडेर कार्यक्रमहरु करिव १६ वटा जिल्लामा सञ्चालन गरेका छौ ।
२०७६, मंसिर
उपहार दिने चलन सबै सम्बन्धमा हुन्छन् । मैले आफ्नो प्रेमिकालाई पहिलोपटक उपहारको रुपमा सेनेटरी प्याड दिएको थिए । उनले प्रेम सम्बन्धका लागि प्रस्ताव गरे पछि पहिलो भेटमा मैले यसरी उपहार दिदा सुरुमा उनी रिसाइन तर हप्ता दिन पछि धन्यवाद भन्दै म्यासेज पठाएकि थिईन । मुल्य कम भए पनि यो उपहार मेरो लागि बहुमुल्य छ भनेकी थिइन ।
कुनै महगो उपहार दिदा समय र आवश्कता अनुसार त्यसबारे धारण फरक हुन्छन् तर जीवनसंग जोडिएका कुनै चिज सधै उत्कृष्ट हुन्छ । त्यसपछि मेरो झोलामा एक प्याकट प्याड रहने गर्छ । धेरै पटक आवश्यक पर्दा अरुलाइ दिएको छु । उनि संग सम्बन्ध नरहे पनि उनले सिकाएकी यो कुरा भुलेको छैन ।
२०७६, चैत
मैलै निकै मिलनसार महिला मित्रलाइ उनको जन्मदिनको अवसरमा प्याड किनेर उपहार दिएको थिए । त्यसदिन उनले मलाई तपाईं वास्तविक परी हो भनेकी थिईन । पुरुष पनि परी हुन्छ र भनेर सोधेको थिए । जवाफमा उनले अरुलाइ सहज वातावरण सृजना गरिदिने र नारीको आत्मसम्मान संग जोडिएको मुद्दामा सकारात्मक र सशक्तीकरण विकासको लागि काम गर्ने हर कोही महिला होस या पुरुष , एन्जल हुन अर्थात् परी हुन ।
सुशील राजभर, संस्थापक , लालपरी अभियान





