गृहपृष्ठ समाजलाई सहकार्य र समन्वय गरेर अगाडि बढनुपर्छ: अध्यक्ष महतो
समाजलाई सहकार्य र समन्वय गरेर अगाडि बढनुपर्छ: अध्यक्ष महतो
महेश सिंह महतो, सिरहा, १७, जेष्ठ ।
सिरहाको लहान नगरपालिका ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालय रघुनाथपुरको नयाँ विधालय ब्यबस्थापन समितिको अध्यक्षमा राम नारायण महतो च्यन भएको छ। विधालयको सकारात्मक सोच राखे अगाडि बढाउने महतो समिक्षा कार्यक्रममा बताए ।
विधालयको आर्थिक सम्बेगात्क र शिक्षामा स्तर उन्तिको काम अगाडि बढाउने लहान नगरपालीका भित्र रहेको विभिन्न स्कुलको शिक्षक प्रधानाध्यापक र समाजका बुद्धिजीवीलाई बोलाइ स्कुलको शिक्षा स्तर उन्नति कसरी हुन्छ भने विषयमा समिक्षा कार्यक्रम राखेका थिए ।
संस्था सुधार र लहानमा लक्ष्मण ललिता कुशवाहा बिधालय लहान लाई सुधार उन्मुख बनाउन समाजका बुद्धिजीवीको सल्लाह सुझावको आत्मसात गर्दै स्कुल लाई अगाडि बढाउने अध्यक्ष महतो ले बताए ।

शिक्षक र विद्यार्थीलाई स्कुलबाट कुनै किसिमको भेदभाव र अपहेलित हुन नदिन वरिष्ठ शिक्षक रङ्गलाल शाहले समिक्षा कार्यक्रममा अध्यक्ष महतोसंग आग्रह गरेका थिए ।
समन्वय सह्कार्य र सहयोगको अपेक्षा लिएर अगाडि बढाउने पशुपति आदर्श उच्च माध्यमिक विधालयको एक शिक्षक सुझाव दिएका थिए।
गुणस्तरीय शिक्षाको खाचो रहेको बताए। विधालयमा विद्यार्थी भर्नामा स्कुलको मापदण्ड पुरा गरी विद्यार्थी भर्ना लिन समिक्षा कार्यक्रमबाट सुझाव आएका थिए ।
शैक्षिक संस्थामा गुणस्तरीय शिक्षा दिन राम्रो शिक्षकको टिम र स्कुलको सहकार्य हुन जरुरी रहेको छ। लहान नगरपालिकालाई पनि स्कुल प्रति सकारात्मक सोच हुनुपर्ने जरुरी रहेको बताए। उक्त स्कुल लाई नमुना स्कुल बनाउन समिक्षा कार्यक्रमको निर्णय भएको हो।

स्कुलको कमिकमजोरीलाई केलाउदै सुधार उन्मुख बनाउन आग्रह गरेका थिए । समाजिक रुपले आफु वडा अध्यक्षको हैसियतले स्कुललाई आगामी बर्षमा आर्थिक सहयोग गर्ने बताए ।
विधालय ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण महतो का अनुसार शिक्षा ऐन अनुरुप लिएर अगाडि बढाउने बताए ।
स्कुल सुधार को लागी आफु पछाडि नहट्ने बताउनुभयो । विधालयको प्रधानधयापक र शिक्षकसंग स्कुल सुधारको लागि सहयोगको अपेक्षा राख्दै राम्रो जिम्मेवारीको भुमिका निर्वाह गर्दै अगाडि बढने बताउनुभयो ।






