२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ समस्या कालो कोटमा हैन कालो सोचमा हो प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको कटाक्ष

समस्या कालो कोटमा हैन कालो सोचमा हो प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको कटाक्ष

प्रतिनिधिसभा विघटनविरूद्धको सुनुवाइका लागि संवैधानिक इजलासमा तोकिएका न्यायाधीशबारे प्रश्न उठाउने कानून व्यवसायीको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आलोचना गरे ।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई कटाक्ष गरेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गरेका छन् ।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको ञभावनात्मक उत्तेजनाझ सदैव निन्दनीय हुन्छ।’

उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै भनेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रतारु विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञानरु प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार