२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६ हजार ८५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १७४ जना र ११ देखि २० वर्षका ४५६ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार २१८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक १ हजार १८८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ८०४, ५१ देखि ६० वर्षका ७४२ जना, ६१ देखि ७० का ४१७ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १८० जना, ८० देखि माथिका ८८ जना र उमेर नखुलेका १८ जना रहेका छन् । अहिले देशभर १ हजार ४९१ जना आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ, ६०८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार