२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ थपिएको निषेधाज्ञामा के के खुल्ने ? यस्ता छन प्रशासनका निर्णयहरु

थपिएको निषेधाज्ञामा के के खुल्ने ? यस्ता छन प्रशासनका निर्णयहरु

कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा ३१ जेठसम्म थपिएको छ । बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ३१ जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौंमा १६ वैशाखबाट निषेधाज्ञा लगाइएको हो । पछिल्लो पटक १४ जेठमा थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

२१ जेठबाट थपिने निषेधाज्ञा केही खुकुलो पारिने भएको छ । बिहान ९ बजेसम्म खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर पनि खोल्न दिइने उनले बताए । यसअघि तरकारी पसलमात्रै खोल्न दिइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार