२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ यात्रुलाई सहजताको लागि मल्हनियांमा प्रतीक्षालयको सिलयानास

यात्रुलाई सहजताको लागि मल्हनियांमा प्रतीक्षालयको सिलयानास

महेश सिंह/रासिन्द्र यादव, सिरहा लहान, २० जेष्ठ,।

सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री तेजु लाल चौधरीको आर्थिक सहयोगमा उक्त प्रतीक्षालय निर्माण हुन् लागेको हो ।

घाम र पानीबाट छल्न यात्रुलाई सहजताको लागी उक्त प्रतीक्षालय बनाउन लागिएको त्यहाँ उपस्थित स्थानीयले बताए । सागरमाथा उपभोक्ता समिति गठन गरी ४ लाखको आर्थिक लागतमा प्रतीक्षालय निर्माण हुन् लागेको हो ।

उपभोक्ता समितिको अध्यक्षमा राधे श्याम यादव,कोषाअध्यक्षमा बिना देबि यादव,सचिबमा उमेश कुमार यादव,लगायतका ब्यक्तीहरु गठन गरेका छ । उक्त सार्बजनिक प्रतीक्षालय निर्माण गर्ने जिम्मा गाउँपालिकाका प्राबिधिक श्रवण साहलाई दिएको स्थानीयबासीले बताए ।

निर्वाचित जनप्रतिनिधि तथा वडा सदस्य धनबिर यादव र वरिष्ठ समाजसेबी तथा पुर्व वडा अध्यक्ष राम नारायण यादव लगायतका ब्याक्तीहरुद्वारा सार्वजनिक प्रतीक्षालयको सिल्यानास गरिएको छ ।

कार्यक्रममा शिक्षक बिसेश्वर यादव समाजसेवी निर्मल यादव मुसहरु यादव,सत्यनारायण यादव ,शिब राम यादव,प्रमान्द यादव लगायतका ब्याक्तीहरुको कार्यक्रममा सहभागि रहेको स्थानीय युवा वरिष्ठ समाजसेवी तथा सादगी प्रबिन चौधरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार