गृहपृष्ठ नेपालमा आज शुक्रबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ? जिल्ला कोरोना अपडेट
नेपालमा आज शुक्रबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ? जिल्ला कोरोना अपडेट
नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० जना पुगेको छ । गत २४ घण्टामा मात्र ६ हजार ६ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ९७ हजार ६ सय ९९ जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ को इलाममा ३, उदयपुरमा २५, ओखलढुंगामा १४४, खोटाङमा २, झापामा १६९, ताप्लेजुङमा ४, धनकुटामा १, पाँचथरमा ४, मोरङमा ३११, संखुवासभामा ३, सुनसरीमा १९१ र सोलुखुम्बुमा ५ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा १३३, पर्सा १९, बारामा ८१, महोत्तरीमा १५, रौतहटमा २७, सप्तरीमा ४३, सर्लाहीमा ३५ र सिरहामा ५८ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र ८९७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा १२०, चितवनमा ९२, दोलखामा १२, धादिङमा ६५, नुवाकोटमा ६१, भक्तपुरमा १८८, मकवानपुरमा ९२, रसुवामा १, रामेछापमा ४८, ललितपुरमा २९९, सिन्धुपाल्चोकमा १३९ र सिन्धुलीमा ३३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८२, गोरखामा ७०, तनहुँमा ५०, नवलपरासी पूर्वमा ५७, पर्वतमा ६, लमजुङमा ३६, बागलुङमा ६, म्याग्दीमा ५ र स्याङजामा ६५ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा ४१, गुल्मीमा १, दाङमा ५१, नवलपरासीमा २०, पाल्पामा १८, प्युठानमा ९, बर्दियामा ६८, बाँकेमा ६५, रुकुम पूर्वमा १, रुपन्देहीमा ८५, रोल्पामा ७ र जाजरकोटमा ३ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, हुम्लामा ५, दैलेखमा २२, मुगुमा २, रुकुम पश्चिमा १७, सल्यानमा ६, सुर्खेतमा ८६ र जुम्लामा १ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ४७, कञ्चनपुरमा ३८, कैलालीमा ५१, डडेल्धुरामा २८, डोटीमा ३१, दार्चुलामा १, बझाङमा १ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।












