गृहपृष्ठ नेपालमा आज सोमबार पनि कोरोना संक्रमण हुने भन्दा निको हुने संख्या धेरै
नेपालमा आज सोमबार पनि कोरोना संक्रमण हुने भन्दा निको हुने संख्या धेरै
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ लाख ९७ हजार ९ सय ६० जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७ हजार ९९० पुगेको छ ।












