२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ सीमामा पर्खाल लगाउन नसकेपनि तारबार लगाऊ : प्रदेश सांसद हाङगाम

सीमामा पर्खाल लगाउन नसकेपनि तारबार लगाऊ : प्रदेश सांसद हाङगाम

प्रदेश-१ का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् ।

प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् ।

सीमामा विवाद भइरहने उल्लेख गर्दै उनले पर्खाल लगाउन नसकेपनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने बताए ।

‘हामी देश मिच्यो भन्छौ,’ उनले भने,‘ लिम्पियाधुरा मिचेको कुरा पाहोर पनि चलायौं,’ उनले भने,‘हाम्रो प्रदेश पनि सीमानामै पर्छ, ठूलो पर्खाल लगाउन नसकेपनि एउटा ताराबार चाँहि सीमानामा राख्नुपर्छ ।’

हाङ्गाम सीमा मिच्नलाई लखेट्नुपर्छ भन्दै गत वर्ष दिएको अभिव्यक्तिका कारण चर्चामा आएका थिए । ‘पछि फेरि यता मिच्यो,उत्ता मिच्यो, इन्डियन आएर लगिदियो भन्ने हुन्छ,’ हाङगामले भने,‘ सिमामा तार लगाऊ ।’

सरकारले नीति कार्यक्रममा सीमा तारबारको योजना नसमेटिएपनि काम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार