२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ कुन कुन वस्तुबाट सर्छ कोरोना ? यसो भन्छन् डा. अनुप सुवेदी

कुन कुन वस्तुबाट सर्छ कोरोना ? यसो भन्छन् डा. अनुप सुवेदी

दोस्रो लहरको कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिएको छ । यसले आम मानिस त्रसित भएका छन् । यसका साथ साथै कोरोना भाइरसका विभिन्न प्रजाति पनि विकासित भइरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि सारा विश्वभर नै खोप अभियान सञ्चालन भइरहेको छ ।

समयसँगै विकसित भइरहेका कोरोनाका नयाँ प्रजारी धेरै नै घातक रहेको देख्न सकिन्छ । भियतनाममा त हावाबाट पनि फैलिने कोरोनाको नयाँ भेरियन्ट विकसित भइरहेको छ । तर, आज हामी कोरोना भाइरस के के सामानबाट सर्न सक्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार कपडा, प्लास्टिक, काठ र धातुजन्य सामानमा कोरोना भाइरस रहन सक्छ । त्यस्तै कागजमा भाइरस केही समय जीवित रहन्छन् । कोरोना चेक गराउँदा यी सामानमा रिपोर्ट पोजेटिभ देखिन सक्छ ।

तर यी सामानहरु छोएर मान्छेमा सर्ने सम्भावना एकदमै न्यून हुन्छ । बन्द कोठा वा हावा आसपास नहुने कोठामा केही समय भाइरस जीवित रहन सक्छ । यी ठाउँबाट मान्छेमा संक्रमण फैलिन सक्छ । तर खुल्ला र हावा पास हुने ठाउँमा कोरोना जीवित रहँदैन ।

सूर्यको प्रकाशले भाइरस केही समयमै मर्छ र हावामा भाइरस फैलिने वित्तिकै पातलो हुने भएकाले मान्छेलाई संक्रमण बनाउने क्षमता कम हुन्छ । हामीले मास्क लगाउने, नियमित हातधुने लगायतका स्वास्थ्य मापदण्ड भने अनिवार्य पालन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार