२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ लमजुङ प्रहरीद्धारा अबैध सालको काठ बरामद

लमजुङ प्रहरीद्धारा अबैध सालको काठ बरामद

लमजुङ प्रहरीद्धारा २१७.५६ क्यूःफिट बराबरको अबैध सालको काठ बरामद गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ०५ थाक्ले स्थित सोही ठाउँ बस्ने दिपक बि.क. ले संचालक गरेको फर्निचर उद्योगमा अबैध रुपमा सालको काठ बरामद गरेको छ । काठ अनुमानित बजार मुल्य नौ लाख ३६ हजार ६ सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय, सुन्दर बजारबाट प्रहरी नायब निरीक्षक रामकृष्ण अधिकारीको कमाण्डमा खटीएको प्रहरीको टोलीले उक्त फर्निचर खानतलासी गर्ने क्रममा  सालको चिरान तथा गोलिया काठ बरामद गरेको हो ।

घटनाको थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय बेसीशहर लमजुङ पठाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको लमजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार