गृहपृष्ठ नेपालमा थप ३९ जनाले ज्यान गुमाउदा, यति जनामा कोरोना संक्रमण पुष्टि,
नेपालमा थप ३९ जनाले ज्यान गुमाउदा, यति जनामा कोरोना संक्रमण पुष्टि,
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टाभित्र ४ हजार ७७३ जनाले कोरोना भाइरसलाई जितेका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आसोलेसन सेन्टरमा रहेका उनीहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३९ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ८ हजार ५९७ पुगेको छ ।





