गृहपृष्ठ तनमनको साथ मानवीय सेवा समाजमा सक्रियताका साथ साझा प्रयास अभियान कपिलवस्तु अगाडी बढदै
तनमनको साथ मानवीय सेवा समाजमा सक्रियताका साथ साझा प्रयास अभियान कपिलवस्तु अगाडी बढदै
इमरान खान,कपिलवस्तु. ४,असार । अक्सीजन बिना कोही मर्न न परोसू स्वास्थ्य सामग्री को अभाव मा कोही उपचार बाट बन्चित हुन न परोसू ूलकडाउन को प्रभाव ले कोही भोकै बस्न नपरोसू भन्ने नारा का साथ साझा प्रयास अभियान कपिलवस्तु संचालन गर्यौं । त्यस पछी हामीले जिम्मेदारी बाडफाड गरी सहयोग को आह्वान गर्यौं ।
साझा प्रयास अभियान को आह्वानमा कारोना भाइरसको दोस्रो लहरबाट ग्रसित भई बिगतका दिनमा कपिलवस्तु को अवस्था भयावह रहेको महसूस गरी तेश्रो लहर बाट जोगिनका निम्ति एवं कोरोना महामारीको दोश्रो लहर लाई परास्त गर्नका निम्ति शुद्धोदन गाँउपालिकामा पालिका स्तरीय स्वास्थ्यकेन्द्रहरुद्वारा प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउने उदेश्यले NFRA STRUCTURE BANK/ANTA कपिलवस्तु नगरपालिका बुद्धभुमी नगरपालिका यशोधरा गाँउपालिका, मायादेवी गाँउपालिका लगायत बिभिन्न दाताहरुको सहयोगमा उठेको रकम बाट साझा प्रयास अभियानका सदस्य शुद्धोदन गाँउपालिकाका संयोजक गै.स.स. महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय र दाताहरु राजेन्द्र अर्याल (हाल कनाडा) श्रीमती सन्जु आचार्य (हाल डेनमार्क) तथा राजु प्रसाद अर्यालले दिनु भएका सहयोग ले रु १,६५,०००/- बराबरको १० लीटर को आक्सीजन कन्सन्ट्रेटर थान १ शुद्धोदन गाँउपालिकालाई हस्तान्तरण गरेका छन।
बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियानको कोभिड दोश्रो लहरको प्रतिकार्यू कोभिड तेश्रो लहरको बचाव कार्यू यात्रा जारी नै रहेको साझा प्रयास अभियान का संयोजक एवं माहुरी होमका अध्यक्ष रवि ठाकुर ले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रममा संयोजक रबि ठाकुरले बोल्दै दोश्रो लहरबाट पार पाउन कोर्डिनेशन मिटिंग गरी आक्सीजन सिलिंडर,स्वास्थ्य सामग्री को उपलब्धता गराउने कार्य भइरहेको छ ।
त्यस्तै बहादुरगंज अस्पतालमा निस्शुल्क खाना तथा नास्ता, तौलिहवा अस्पताल, कोभीड अस्पताल एवं सुरक्षाकर्मीहरुलाई दुई टाइम चिया नास्ता तथा अति बिपन्नहरुको घर दैलोमा पुगी राहत बितरण गर्ने कार्य गरिरहेको र पालिकाहरुमा आक्सीजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै निकट भविष्यमा जिल्ला अस्पतालमा आईसियु बेड ५ वटा थप्ने, अस्पताल को साझेदारीमा सव बाहन संचालन गर्ने, कपिलवस्तु नगरपालिका र साझा प्रयास अभियानको साझेदारीमा सामुदायिक सरुवा रोग अस्पताल निर्माण कार्य को सुभारम्भ गर्ने बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा साझा प्रयास अभियानका सचिव लुम्बिनी बिकास कोष का सदस्य राजेश ज्ञवाली साझा प्रयास अभियान का कोषाध्यक्ष गोपाल भण्डारी, साझा प्रयास अभियानका सदस्यहरु लुम्बिनी निर्माण ब्यवसायी महासंघका प्रशासनिक उप महासचिव दिनेश हमाल,नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, गै.स.स. महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी (दिपु) उद्योगपति सन्दीप कसौधन, प्रमुख प्रशासकीय अधिकृत, दाताहरु को तर्फ बाट नेपाल बाल संगठन का पुर्ब अध्यक्ष राजु प्रसाद अर्यालले बोल्दै साझा प्रयास अभियान का अभियन्ताहरुले घर परिवार को परवाह नगरी आफ्नो ज्यान को बाजी लगाएर मानबिय सेवामा जुटनु भएको देखेर मैले रु ११,०००/- सहयोग गरेको थिए र आज मेरै हातबाट बितरण गरी मलाई सम्मान गर्नुभएकोमा साझा प्रयास अभियान का अभियन्ताहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु।
आक्सीजन कन्सन्ट्रेटर बुझ्दै शुद्धोदन गाँउपालिकाले साझा प्रयास अभियान प्रति हार्दिक आभार ब्यक्त गर्दै रु १,०००००/- आर्थिक सहयोग गर्नुका साथै भबिस्यमा साझा प्रयास अभियान लाई थप सहयोग गर्ने छु भन्ने शुद्धोदन गाँउपालिकाले अश्वासन दिएको छ । सहयोग गर्दै थप सहयोग गर्ने अश्वासन दिनुभएकोमा शुद्धोदन गाँउपालिकालाई साझा प्रयास अभियान कपिलवस्तुले हार्दिक आभार ब्यक्त गरेका छन ।
सहयोगी हातहरुलाई लाई नमन गर्दै यो महामारी बाट पार पाउन तपाईंहरु सबैको सहयोग को खांचो रहेकाले समयमै सहयोग गरी पुन्य कमाउ अब आउने तेश्रो लहर बाट जनता को ज्यान बचाउँ भनेर अग्राह समेत गरेका छन ।





