२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ दु:खको खबर : मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय भवन बगायो

दु:खको खबर : मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय भवन बगायो

सिन्धुपाल्चोकको मेलम्ची खुलामा फेरि बाढी आएको छ ।

शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन  बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको शेर्पाले जानकारी दिए । बाढीले पुर्‍याएको अरू क्षतिबारे जानकारी नआएको उनले बताए ।

बाढी आउँदा बस्तीमा पस्ने र कम हुँदा खेतियोग्य जमिन कटान हुने क्रम बढेको उनले बताएका छन् ।

यसअघि गत मंगलबार आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा अर्बौको क्षति भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार