२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ कपिलवस्तुको लोहरौलामा लुकाएर राखिएको हातहतियार बरामद

कपिलवस्तुको लोहरौलामा लुकाएर राखिएको हातहतियार बरामद

इमरान खान, कपिलवस्तु, ६ असार । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने अन्दाजी ३२ बर्षका अस्लम मुसलमानको घरबाट १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा रहेको भुसले छाएको कच्ची बाख्रा गोठमा हातहरियार लुकाई राखेको सुचना प्राप्त हुना साथ शनिवार साँझ ४ बजे ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रहरी नायव निरीक्षक गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्ने क्रममा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई राखेको अवस्थामा फेला परेको छ ।

१२ बोरा बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, करिब ३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरी अस्लम मुसलमानको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार