गृहपृष्ठ आज संक्रमणबाट थप यतिले ज्यान गुमाउदा थपिए यति कोरोना संक्रमित
आज संक्रमणबाट थप यतिले ज्यान गुमाउदा थपिए यति कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार संक्रमणदर २१.३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।
यो पनि
रोनाल्डो किन घाटा खाएर बेच्न चाहन्छन् ट्रम्प टावरको आफ्नो अपार्टमेन्ट?
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा भएको आफ्नो अपार्टमेन्ट बेच्न चाहेका छन्।
फ्यानहरूले पनि उनलाई केही समयदेखि ट्रम्प टावरको अपार्टमेन्ट बेच्न आग्रह गरिरहेका थिए। कतिले पेटिसन गरेर दबाव समेत दिएका थिए।
तर रोनाल्डोले सो अपार्टमेन्ट चाहेर पनि बेच्न सकिरहेका छैनन्। अपार्टमेन्ट भएको सो टावर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हो। पटकपटक उनले विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई ठूला सामाजिक सञ्जाल फेसबुक र ट्विटरले प्रतिबन्ध लगाएको छ।
प्रतिबन्ध लगाएसँगै ट्रम्पको लोकप्रियता घटे जसरी नै उनको टावरको मूल्य पनि घटिरहेको छ।
३६ वर्षीय रोनाल्डोले सन् २०१५ मा दुई हजार ५ सय १० स्क्वायर फिटको अपार्टमेन्ट किनेका थिए। तीन वटा बेडरूम, बैठक कोठा, फिटनेश रूम, अफिस भएको अपार्टमेन्ट रोनाल्डोले किनेका थिए।
उनले अपार्टमेन्टको लागि १८.५ मिलियन अमेरिकी डलर खर्चेका थिए। त्यही बेला ट्रम्पले आफू अमेरिकी राष्ट्रपतिको चुनावका लागि लड्ने घोषणा पनि गरेका थिए।
तर रोनाल्डोले किनेपछि अपार्टमेन्टको मूल्य बढेन। बरू घट्दै गयो। सन् २०१९ मा नै रोनाल्डोले अपार्टमेन्ट बेच्न खोजेका थिए। उनले त्यत्तिबेलामा आफूले किनेको मूल्य भन्दा आधा रकममा बेच्न खोजेका थिए।
रोनाल्डोले अपार्टमेन्ट ९ मिलियन अमेरिकी डलरमा बेच्न खोजेका थिए। तर बेच्न सकेनन्। सो मूल्य अझै घट्नेक्रममा छ भने अहिले त्यसको मूल्य ७.७५ मिलियन अमेरिकी डलर पुगेको छ।
लगातार मूल्य घट्न थालेपछि रोनाल्डो अपार्टमेन्ट जसरी पनि बेच्न चाहान्छन्। उनले घाटा नै व्यहोरेर भए पनि बेच्न खोजिरहेका हुन्।





