गृहपृष्ठ नेपालका अझै यी २५ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित
नेपालका अझै यी २५ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित
नेपालका २५ जिल्लामा पाँच सयभन्दा बढी र २९ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ जना पुगेको छ । त्यस्तै देशभर संक्रमणबाट ९ हजार ९ जनाले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को बारा र धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, गण्डकी प्रदेशको कास्की, बाग्लुङ, नवलपरासी पूर्व र गोरखा, लुम्बिनी प्रदेशको दाङ, बर्दिया, पाल्पा, रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा पनि पाँच सय भन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । त्यसैगरी, देशभर ३६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, प्रदेश १ को पाँचथर, संखुवासभा र उदयपुर, प्रदेश २ को सप्तरी, सलार्ही, पर्सा, सिराहा र महोत्तरी जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छैनन् ।
बागमती प्रदेशको दोलखा, रामेछाप, गण्डकी प्रदेशको तनहुँ, लमजुङ, पर्वत, म्याग्दीमा र लुम्बिनी प्रदेशको बाँके, नवलपरासी पश्चिम, गुल्मी, रोल्पा, कपिलवस्तु र अर्घाखाँची जिल्लामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशको दैलेख, सैल्यान, जुम्ला र रुकुम पश्चिममा दुई भन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेशको अछाम, बैतडी, डोटी, कन्चनपुर र डडेलधुरा जिल्लामा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





