२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ खहरेले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

खहरेले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाइएको डाइभर्सन खहरेले बगाएको जिल्ला प्रशासन नवलपरासीले जनाएको छ ।

गएराति ठूलो पानी परेको थियो । पानी अहिले पनि परिरहेको छ । खहरे उर्लिंदा डाइभर्सन बगेको छ । डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको छ भने खुलाउने प्रयास जारी छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सडडक विस्तारका क्रममा डाइभर्सन गरेर ती स्थानमा पुल निर्माण भइरहेको र ठूलो पानी पर्दा खहरेले डाइभर्सन बगाएको जनाए । पानी रोकिए दिउँसोसम्म राजमार्ग खुलाइने उनले बताए ।

सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम जाने सवारीसाधनलाई भैरहवा–परासी हुलाकी सडकमार्ग हुँदै आवतजावत गराइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार