२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ नेपालमा थप यति जना कोरोना संक्रमित थपिदा, थप यति जनाले गुमाए ज्यान

नेपालमा थप यति जना कोरोना संक्रमित थपिदा, थप यति जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा झण्डै तीन हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६८ जनामा गरिएको परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा आरटी पीसीआर र ४ हजार ३८१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ८८९ र एन्टिजेनबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा ४१ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै मृतकको संख्या ९ हजार ११२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार