२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ लायन्स,लियो स्टार्स द्धारा रक्तदान

लायन्स,लियो स्टार्स द्धारा रक्तदान

बुटवल । लायन्स क्लब बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बिहिबार बुटवलको रक्तसंचार केन्द्रमा रक्तसंचारको प्रबिधिक सहयोग रक्तदान गरेको छ । नवनिर्वाचीत अध्यक्ष एन्जील खानले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन ।

अब ९० दिनमा रक्तदान गर्ने खानले बताए । रक्तदान कार्यक्रममा ६३ जनाले रक्तादान गरेका संयोजक डिएस भट्टराइले जानकारी दिए । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका द्धितिय भवाइस गर्भनर नवराज न्यौपाने ले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे ।

त्यस्तै कार्यक्रममा डिपुटी एसक्युचिफ अर्जुनमान शैजु , डिष्ट्रिक डिपुटी चिफ संन्दिप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ ,रिजन चेयरपर्सन एमएल पाण्डे ,लियो एरिया ४ चिफ सुमन अधिकारी ,लियो स्टार्सका अध्यक्ष विनोद कुमार जयसवाल लगाएत बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार