२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ आज सोमबार नेपालमा थप यति जनाले ज्यान गुमाउदा थप हिजोभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि

आज सोमबार नेपालमा थप यति जनाले ज्यान गुमाउदा थप हिजोभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ जनामा गरिएको परीक्षणमा २ हजार ६२२ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ४९९ जनामा आरटी पीसीआर र ४ हजार २८ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ७४५ र एन्टिजेनबाट ८७७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा थप २३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २४८ पुगेको छ । आज देशभर २ हजार २११ जना संक्रमित निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार