गृहपृष्ठ हेर्नुहोस आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज सोमबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ६२२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३९ जना र ११ देखि २० वर्षका ११७ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ४५४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ४१६ जना रहेका छन् । ४१ देखि ५० वर्षका २९१, ५१ देखि ६० वर्षका २२७ जना, ६१ देखि ७० का ११९ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ६२ जना, ८० देखि माथिका १९ जना र उमेर नखुलेका १ जना रहेका छन् । अहिले देशभर ५७१ जना आईसीयूमा र १८० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






