२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ आज बुधबार कुन उमेरका कति संक्रमित थपिए नेपालमा ?

आज बुधबार कुन उमेरका कति संक्रमित थपिए नेपालमा ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ९७९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७६ जना र ११ देखि २० वर्षका १९० जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ४६६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ५१७ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३२२, ५१ देखि ६० वर्षका २३२ जना, ६१ देखि ७० का १४५ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ९१ जना, ८० देखि माथिका ३१ जना र उमेर नखुलेका ७ जना रहेका छन् । अहिले देशभर ५७१ जना आईसीयूमा र १६१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार