गृहपृष्ठ आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ८७५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४३ जना र ११ देखि २० वर्षका ९० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका २६९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक २९७ जना रहेका छन् । ४१ देखि ५० वर्षका २०१, ५१ देखि ६० वर्षका १७० जना, ६१ देखि ७० का ७१ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ५८ जना, ८० देखि माथिका १७ जना र उमेर नखुलेका २ जना रहेका छन् । अहिले देशभर ५७२ जना आईसीयूमा र १५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





