२०८३ वैशाख २१ गते सोमवार | May 04, 2026

गृहपृष्ठ धरौटी तिरेर रिहा भएपछि यसो भन्छन् कांग्रेस उपसभापति गच्छदार

धरौटी तिरेर रिहा भएपछि यसो भन्छन् कांग्रेस उपसभापति गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रति शोधपूर्ण अभियोग लगाएको बताए ।

आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उपसभापति गच्छदारले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणाहरू सार्वजनिक गर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार