२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ बाढी पहिरोपछि मुलुकभर १५ सडक अवरुद्ध : कहाँ खुल्यो, कहाँ बन्द ? हेर्नुहोस पुरा विवरण

बाढी पहिरोपछि मुलुकभर १५ सडक अवरुद्ध : कहाँ खुल्यो, कहाँ बन्द ? हेर्नुहोस पुरा विवरण

बाढी र पहिरोका कारण बन्द भएका देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन् । त्यस्तै, ६६ वटा सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो ।

यस्तै ठाउँरठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।

पहिरोका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड पनि झण्डै एक महिनादेखि बन्द छ । गएको असार १ गते रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा पहिरो गएकाले यो सडक बन्द भएको थियो ।

यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरो गएकाले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड पनि लामो समयदेखि बन्द छ । अरनिको राजमार्ग अन्तर्गत पर्ने यो सडक खण्ड सञ्चालनको प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

पुरा विवरण हेर्न  यहाँ सडक विभाग  क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार