गृहपृष्ठ नेपालमा आज सोमबार फेरी बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो
नेपालमा आज सोमबार फेरी बढ्यो कोरोना संक्रमण, मृत्युदर पनि बढ्यो
पछिल्लो २४ घण्टामा २ हजार ४४५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ८३३ पीसीआर र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ । गत २४ घण्टामा १ हजार २५८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुगेको छ ।
उक्त अवधिमा ३२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।





