गृहपृष्ठ हेर्नुहोस कोरोना संक्रमणबाट आजसम्म नेपालमा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
हेर्नुहोस कोरोना संक्रमणबाट आजसम्म नेपालमा कुन उमेरका कति संक्रमितले गुमाए ज्यान ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप २३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म ९ हजार ८५७ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका ४२ जना र १० देखि १९ वर्षका ५० जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका २९७ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक ८१५ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४१९ र ५० देखि ५९ वर्षका १ हजार ९३४ जना रहेका छन् । कोभिड-१९ को संक्रमणबाट हालसम्म ज्यान गुमाउनेहरु ६० वर्षभन्दा माथिका रहेका छन् ।
हालसम्म ६० वर्ष भन्दा माथिका ५ हजार २९३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ज्यान गुमाउने ७ जनाको उमेर खुल्न सकेको छैन । त्यस्तै देशभर ७०६ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





