२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ सूर्योदय युवा क्लवद्वारा एक कार्यक्रम बीच पहिरो पीडितलाई राहत वितरण सम्पन्न

सूर्योदय युवा क्लवद्वारा एक कार्यक्रम बीच पहिरो पीडितलाई राहत वितरण सम्पन्न

सुर्यदय युवा क्लवले आज एक कार्यक्रम बीच पहिरो पीडित लाई राहत वितरण गरेको छ। रुरुक्षेत्र गाउँपालिका -४- चौतारामा  २०७८-०३-२४ गते गएको पहिरोबाट पीड़ित लक्ष्मी खड़का,झबिंद्र खड़का,सरस्वती खड़का,रन बहादुर खड़का,युबराज ज्ञवाली,सूर्य बहादुर खड़का,दुर्गा प्रसाद ज्ञवाली,छबीलाल ज्ञवाली,ईश्वरा ज्ञवाली,तिलक बहादुर भूसाल र लक्ष्मण खत्रीलाई एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष पदम लाल श्रेष्ठ, प्रमुख अथिति जिल्ला समन्वय समिति सदस्य हरी प्रसाद ज्ञवाली, विशेष अथिती रुरूक्षेत्र गाउँपालिका वार्ड नं ४ अध्यक्ष फर्शु राम ज्ञवाली रकम संकलनमा समन्वय गर्नुहुने क्लबका सक्रिय सदस्य राजु श्रेष्ठ लगायत अन्य क्लबका सक्रिय सदस्यको उपस्थितिमा सहयोग रकम रु.४५०००/- हस्तान्तरण गरेको छ ।

रकम क्लबका क्रिकेट खेलाडीहरू बिचमा संकलन गरिएको थियो । यस संस्थाले बिगत देखीनै यस क्षेत्रको खेलकुद विकाशमा लागेको र अहिले क्लबका खेलाडिहरूको परिवार र यो समुदायमा समस्य परेकोमा संस्थाले समस्यमा थोरै भएपनि मलम लगाउन लागि उक्त रकम सहयोग गरिएको कार्यक्रम सञ्चालक अञ्जु केसीले उदयमान मिडियालाई जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार